धुर्मुसको जन्मदिनमा नयाँ एकिकृत बस्ती शिलान्यास



जन्मदिनको अवसर पारेर हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ले नयाँ एकिकृत बस्ती शिलान्यास गरेका छन् । धुर्मुस-सुन्तली फाउन्डेशनले रौतहटको सन्तपुरमा ‘एकिकृत बस्ती निर्माण’ सुरु गरेको छ ।

बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माणको शिलान्यास गरेका छन् । काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौर बस्ती र बर्दिबासको मुसहर बस्ती निर्माण गरिसकेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले बुधवार चौथो नमुना बस्ती निर्माणको शिलान्यास गरेका हुन् ।


५ करोड ७५ लाखमा निर्माण हुने उक्त बस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको सितारामले बताए । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नंम्बर २ को सहकार्यमा फाउन्डेसनले उक्त एकीकृत नमुना बस्ती निर्माण गर्न लागेको हो । बस्तीमा ४० वटा दुई तले घर निर्माण गरिने बताईएको छ ।

करिब ४० परिवार रहेको दलितहरुका लागि निर्माण गरिन लागेको सो बस्तीमा एउटा सामुदायिक भवन, मन्टेश्वरी विद्यालय, स्वास्थ्य भवन र मन्दिर पनि बनाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu