तस्वीरमा सलोन र करिश्माको जोडी (फोटो फिचर)



काठमाण्डौ। मंसिर १५ गते रिलीज हुने नेपाली चलचित्र ‘बाबु कान्छा’ सलोन बस्नेत र करिश्मा श्रेष्ठको जोडी देखिने छ ।

यो चलचित्रको ‘चन्द्रमा झैँ राम्री छौं’ बोलको गीत सार्वजनिक कार्यक्रममा यो जोडी यसरी प्रस्तुत भएको थियो । यो जोडी चलचित्रमा मात्र होइन वास्तविक जीवनमा पनि प्रेममा छन् ।

रवि अधिकारी कार्यकारी निर्माण रहेको ‘बाबु कान्छा’मा सलोन, करिश्मासँगै ऋतिक शाहि, एसलिन ज्ञवाली, ज्योत्सना सापकोटा, सरोज खनाल, नीर शाह, राजाराम पौडेल, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

दीपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन रहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् । सन्तोष राज भण्डारी र सुजन घिमिरे सह-निर्माण रहेको चलचित्रको कथा निर्देशक बस्नेत आफैले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu