काठमाण्डौ। नेपाली चलचित्र ‘मेला’को पार्टी गीत सार्वजनिक भएको छ । ‘मेला’को ‘खाली हुँदै गयो गिलास’ बोलको गीतको भिडियो रिलिज गरिएको हो ।
राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्र मेलाको यस गीतमा विक्रम राई र शशी रावलको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाइ फिचरिङ गरिएको छ ।
पवित्रा आचार्यको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन छ । हरि पन्तको प्रस्तुतीमा तयार भएको यो चलचित्रका निर्माता मनोज के मरोडिया हुन् । बसन्त निरौला निर्देशित यो चलचित्र कात्तिक २४ गतेबाट रिलिज हुँदैछ ।
भिडियो: