ट्रेन्डिङ्ग नम्बर १ मा ‘फाटेको जुत्ता’ ट्रेलर



काठमाण्डौ। सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ ट्रेलर सोसल मीडिया भिडियो प्लाटफर्म यूट्यूबको नेपाल सँस्करणमा पहिलो स्थानमा आएको छ ।

यो समाचार तयार पार्दासम्म ३ लाख ५० हजार बढि भ्यूज सहित ट्रेलर पहिलो स्थानमा छ । कार्तिक १७ गते रिलीज हुने यो चलचित्रको ट्रेलर कमेडी छ ।

यस चलचित्रमा सौगातले तराई क्षेत्रको एक यूवकको भूमिका निर्वाह गरेका छन् । अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका छन् ।

प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu