अंकितले गाए धार्मिक आइटम गीत (भिडियो)



काठमाण्डौ। गायक अंकित बाबु अधिकारी नेपाली गीत-संगीतमा नयाँ-नयाँ प्रयोग गरिरहन्छन् । यसपटक पनि उनले नयाँ स्वादको गीत गाएका छन् ।

गीतमा आफ्नी प्रेमीकालाई फकाईएको छ । गीतमा विभिन्न भगवानका नाम लिँदै आफु भगवान जस्तै नभएको तर, साधारण मानिसको शक्तिलाई कमजोर नठान्न अनुरोध गरिएको छ । यो गीतका शब्द पनि अंकित आँफैले लेखेका हुन् भने संगीत पनि आँफैले भरेका छन् ।

अंकितले ‘धार्मिक आइटम गीत’ भन्दै ‘बेबी’ बोलको गीतको फरक शैलीको भिडियो पनि सार्वजनिक गरेका छन् । भिडियोमा अंकितको साथमा दीपिका थापा फिचरिङ्ग छन् । मोशन ग्राफिक्सको प्रयोग गर्दै फोटो स्लाईड गरेर भिडियो बनाईएको छ, जसमा फोटोशूट मुसद्दी लालले गरेका छन् । निर्देशन सैबा शर्माको छ भने सम्पादन बिनोद न्यौपानेले गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu