अबुधावीमा यसरी हुँदैछ भव्य म्यूजिक भिडियो अवार्ड (भिडियो)



गतबर्ष यूएइको अवुधाबीमा पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ भएको थियो । नेपालको ‘संगिक्षा इन्टरटेन्मेन्ट’ले यूएईको नमस्ते ट्राभल्ससँग मिलेर अवार्ड आयोजना गरेको थियो । यसपटक पनि अबुधावीमा नै ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ हुने भएको छ ।

डिसेम्बर १ तारिखमा अबुधाबीको ‘फ्लोकोर्ट नेसनल हल’मा यो अवार्ड आयोजना हुँदैछ । नमस्ते ट्राभल्सका अशोक बानियाँले पहिले भन्दा अझै भव्य रुपमा कार्यक्रम आयोजना गर्ने बताएका छन् । बानियाका अनुसार नेपालबाट चर्चित गायक-गायिका तथा हाँस्यकलाकारहरु लगायतले दर्शकलाई मनोरञ्जन दिनेछन् । अवार्डसँगै दुबइको समुन्द्रमा क्रुज पार्टीको पनि आयोजना गरिने छ ।

नेपाली गीतसंगीतको विकास र प्रवर्द्धनका लागि लगातार यूएईमा कार्यक्रम आयोजना गरिएको बानियाले बताए ।

हामीले यसै कार्यक्रमको तयारीका लागी नेपाल आएका बानियासँग भिडियो कुराकानी गरेका छौँ । हेर्नुहोस् उक्त कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu