दक्षिण भारतिय चलचित्रका सुपरस्टार नागार्जुनका छोरा नागा चैतन्य र एक्ट्रेस समांथा रूथ ६ अक्टूबरमा बैवाहिक बन्धनमा बाँधिएका छन् । प्री-वेडिंग कार्यक्रम गोवाको होटल डब्ल्यू र वेगाटर बीचमा शुक्रवार ३ बजे देखी शुरु भएको थियो । त्यसपछि बिवाह राती साढे ११ बजे भएको थियो ।
नागार्जुनले छोराको बिवाहको फोटोहरु राती अबेर ट्विटरमा पोस्ट गरेका थिए । फोटोहरुमा नागार्जुन बीना जुँगा देखिएका थिए । बलीउड भास्करका अनुसार उनि पहिलो पटक जुँगा बिना देखिएका हुन् । जसको कारण यतिबेला उनि चर्चामा छन् ।