यि चलचित्रहरु, जुनले रमेश उप्रेतीलाई स्टार बनाए



काठमाण्डौ। लामो समयको अमेरिका बसाईपछि पुरानै स्टारडमलाई जगाउन नायक रमेश उप्रेतीले आँफैले चलचित्र बनाएका छन् । कार्तिक ९ गते रिलीज हुने ‘ऐश्वर्य’मा रमेश आँफै प्रमूख भूमिकामा छन् ।

करिव दश बर्ष अगाडी सम्म नेपाली चलचित्रमा आफ्नो दबदबा कायम राखेका रमेश केहि समय नेपाली चलचित्रको अभिनयबाट बिश्राम लिएपनि चलचित्रप्रतिको माया भने उत्तिकै रहेको अनुमान लगाउन सकिन्छ । उनले नेपाल फर्केपछि ‘ब्रासलेट’ नामक चलचित्रमा अभिनय गरेतापनि आँफैले बनाएको चलचित्र भने ‘ऐश्वर्य’ हो ।

आफ्नो अघिल्लो समयमा निरुता सिंह, जल शाह, मेलिना मानन्धर, सज्जा मैनाली, करिश्मा मानन्धर लगायतका नायिकासँग जोडी जमाएका रमेशले यो चलचित्रमा नव-नायिका दीपिका प्रसाईँसँग जोडी जमाएका छन् ।

तपाईँ मध्ये कतिलाई याद छ होला, कतिलाई याद छैन होला र कतिलाई थाहा छैन होला । आज हामीले रमेश उप्रेतीलाई सफल स्टार बनाएका केहि पुराना चलचित्रहरुको बारेमा चर्चा गर्दैछौँ:

करोडपति: २०५३ सालमा रिलीज भएको नेपाली चलचित्र करोडपतिमा नायक भुवन केसीसँगै रमेश उप्रेतीको प्रमुख अभिनय थियो । यस चलचित्रमा सुस्मिता केसी, निर शाह, सन्तोष पन्त लगायतको अभिनय रहेको थियो । यो चलचित्रका निर्माता भुवन केसी हुन भने निर्देशक किशोर राना मगर हुन् ।

पराई घर: २०५४ सालमा रिलीज भएको नेपाली चलचित्र पराई घरमा जल शाहसँगै रमेश उप्रेतीको प्रमूख भूमिका थियो । दीपक रायमाझी निर्देशित यो चलचित्रका निर्माता श्याम सुन्दर रिजाल हुन् ।

धर्म संकट: रेश राज आचार्य निर्देशित ‘धर्म संकट’मा रमेशको साथमा झरना थापा को प्रमूख अभिनय थियो । सुनिल कुमार थापाले बनाएको यो चलचित्र २०५५ सालमा मा रिलीज भएको थियो ।

देवदूत: रमेश उप्रेतीसँगै स्व. नायक श्रीकृष्ण श्रेष्ठ, नायिका विपना थापा, युवराज लामा लगायतको अभिनय रहेको यो चलचित्रका निर्देशक युवराज लामा हुन् । श्रीकृष्ण पुडासैनी ले बनाएको यो चलचित्र २०५५ साल मा रिलीज भएको थियो ।

घर संसार: रमेशको साथमा करिश्मा मानन्धर, केशव भट्टराई, दीपाश्री निरौला, लक्ष्मी गिरी, सुनिल थापा, बिक्रान्त बस्नेत लगायतको अभिनय रहेको ‘घर संसार’लाई मदन घिमिरेले निर्देशन गरेका थिए । २०५५ सालमा रिलीज भएको यो चलचित्रलाई गोपाल सुवेदीले बनाएका थिए ।

घुम्टो: २०५९ सालमा रिलीज भएको घुम्टोमा रमेशको साथमा दीलिप रायमाझी, जल शाह लगायतको प्रमूख अभिनय थियो । किशोर राना मगर निर्देशित यो चलचित्रलाई डाँफे फिल्म इन्टरटेन्मेन्टले निर्माण गरेको थियो ।

संगम: राज कुमार राईले बनाएको चलचित्र ‘संगम’मा रमेशको साथमा मेलिना मानन्धर, दिनेश शर्मा, नबिन श्रेष्ठ, गणेश उप्रेती, राज कुमार राई लगायतको प्रमूख अभिनय रहेको थियो । २०५७ सालमा रिलीज भएको यो चलचित्रलाई महेन्द्र बुढाथोकीले निर्देशन गरेका हुन् ।

एक नम्बरको पाखे: मान सरोवर फिल्मसले बनाएको यो चलचित्रमा रमेशको साथमा राजेश हमाल, करिश्मा मानन्धर, जल शाह लगायतको प्रमूख अभिनय थियो । किशोर राना मगरले निर्देशन गरेको ‘एक नम्बरको पाखे’ २०५७ सालमा रिलीज भएको थियो ।

आफ्नोपन: मनोज कुमार श्रेष्ठ निर्माण गरेको ‘आफ्नोपन’मा रमेशको साथमा राजेश हमाल, निरुता सिंह लगायतको प्रमूख अभिनय रहेको थियो । दीपक श्रेष्ठले निर्देशन गरेको चलचित्र २०६१ सालमा मा रिलीज भएको थियो ।

मायाको जाल: राजेन्द्र महर्जन र जगत राजथलाले निर्माण गरेको ‘मायाको जाल’मा रमेशको साथमा निखिल उप्रेती, मेलिना मानन्धर, सज्जा मैनाली लगायतको अभिनय रहेको थियो । अनिल पाण्डेले निर्देशन गरेको यो चलचित्र २०६२ सलमा रिलीज भएको थियो ।

यो मायाको सागर: अशोक शर्मा निर्देशित चलचित्र ‘यो मायाको सागर’मा रमेशको साथमा राजेश हमाल, करिश्मा मानन्धर, जल शाह लगायतका कलाकारहरुको अभिनय रहेको थियो । किरण शर्माले निर्माण गरेको यो चलचित्र २०५८ सालमा रिलीज भएको थियो ।

१६ बर्षे जोवन: रमेशको साथमा शिव श्रेष्ठ, निरुता सिंह, जल शाह, दीलिप रायमाझी लगायतका कलाकारहरुको अभिनय रहेको ‘१६ बर्षे जोवन’ २०५६ सालमा रिलीज भएको थियो । चलचित्रलाई शम्भू प्रधानले निर्देशन गरेका थिए ।

अप्सरा: २०५८ सालमा रिलीज भएको ‘अप्सरा’मा रमेशको साथमा धिरेन शाक्य, विपना थापा, सञ्चिता लुईँटेल लगायतका कलाकारको अभिनय थियो । नायिका सञ्चिता लुईँटेलले ‘अप्सरा’बाट नै नेपाली चलचित्रमा डेब्यू गरेकी थिइन् । मान सरोवर फिल्म्सले निर्माण गरेको चलचित्रका निर्देशक रमेश बुढाथोकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu