रेखा थापाको कार दुर्घटना



काठमाण्डौ। नायिका रेखा थापा कार दुर्घटनामा परेकी छिन् । बुधबार मध्यान्न चाबहिलमा माल बाहक ट्रकले ठक्कर दिँदा रेखाको कारमा क्षति पुगेको छ । रेखा भने सकुशल छिन् ।

एक टेलिभिजनमा अन्तर्वाता दिएर आफ्नो निवास अम्बे अर्पाटमेन्ट फर्किँदै गर्दा उनको कारलाई ट्रकले ठक्कर दिएको थियो । दुर्घटनाको समय रेखा आँफैले कार हाँकेकी थिइन् ।

चाबहिलको जामबाट छुटेर मित्र पार्कतिर जाँदै गर्दा ट्रकले कार घिसारेर पल्लो छेउ पुर्‍याएको रेखाले बताईन् ।

रेखाको चलचित्र ‘रुद्रप्रिया’ कार्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu