काठमाण्डौ। नायक सलोन बस्नेतले आफ्नो स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीत सार्वजनिकसँगै चर्चामा पनि रहेको छ ।
‘रुम नं. १०८’ बोलको गीतमा सलोन र अर्का नायक आमेष भण्डारीको स्वर सुन्न सकिन्छ । गीतमा कम्पोज सुरज ब्लुजको रहेको छ । यसअघि सलोनले आफू अभिनित फिल्म ‘बाबु कान्छा’मा र्याप हानेका थिए ।

शिशिर खातीको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । पर्फेक्ट प्लान इन्टरटेनमेन्टको प्रस्तुती रहेको गीतमा सलोन र आमेषसँगै गिरिश खतिवडा पनि फिचरिङ छन् ।
भिडियो:






