गतबर्षको भन्दा झनै भव्य म्यूजिक भिडियो अवार्ड हुन्छ: एकेन्द्र



काठमाण्डौ। डिसेम्बर १ मा यूएइको अबुधाबीमा आयोजना हुन लागेको ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’का लागि यतिबेला भव्य तयारी भईरहेको छ । यसै क्रममा काठमाण्डौमा भेटिएका आयोजक संस्था ‘नमस्ते ट्राभल्स’का एकेन्द्र थापाले यसपटक गतबर्षको भन्दा झनै भव्य अवार्ड आयोजना गर्ने बताएका छन् ।

एकिन्द्रले भने-‘दुबइमा कार्यक्रम गर्न त्यती सजिलो छैन । तर, हामीलाई यूएइमा रहेका विभिन्न संघसंस्थाले खुलेरै सहयोग गर्नुहुन्छ, यसकारण पनि हामी उत्साहित छौ ।’ उनले, नेपालबाट जाने कलाकारलाई यसपटक चार तारे होटलमा राखिने र दुबइमा क्रुज पार्टीमा सहभागी गराउने समेत बताए ।

एकेन्द्रले अगाडि भने-‘अवार्ड वितरणसँगै गीतसंगीत र नृत्यलाई बढी फोकस गर्न हामीले नेपाल आयोजकसँग भनेका छौ । दर्शक अवार्डमा झुम्न आउनुहुनेछ, हामी उहाँहरुको उत्साहलाई मर्न दिने छैनौ ।’

संगिक्षा फिल्मस्को आयोजनामा हुन लागेको ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’मा दुबइमा रहेको ‘नमस्ते ट्राभल्स’ले सहकार्य गर्न लागेको हो । गतबर्ष पनि यहि टिमले अवुधाबीमा अवार्ड आयोजना गरेको थियो ।

यस्तै, नमस्ते ट्राभल्सकै नानुकाजी अर्यालले अवार्डका लागि ३ दिनको सेड्यूल तयार पारिएको बताए । अबुधाबीको भ्रमण, दुबइमा क्रुज पार्टी, अवार्ड कार्यक्रम मुख्य आकर्षणमा रहेको उनले सुनाए । उनले भने-‘गतबर्ष हामीले पनि धेरै कुरा वुझेका थिएनौ । यसपटक, व्यवस्थापन सबैकुराबाट उत्कृष्ट हुन्छ ।’

अवार्ड हेर्न आउने दर्शकले सबै प्रकारका प्रस्तुती रुचाउने भएकाले पनि सोही अनुसारले कलाकारको सहभागीता अवार्डमा गराउने संज्ञिक्षा फिल्मस्का प्रमुख मनोज केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu