काठमाण्डौ। नेपाली चलचित्र ‘शत्रु गते’को शुभमुहर्त सम्पन्न भएको छ । सोमबार काठमाण्डौको कमलादी स्थित गणेश मन्दिरमा पुजाअर्चना गरी मुहर्त गरिएको हो ।
प्रदिप भट्टराईको निर्देशनमा बन्ने यो चलचित्र मह सन्चारको प्रस्तुती र किरण केसिको निर्माणमा बन्न लागेको हो । शुभमुहर्त सँगै चलचित्र यूनिट छायांकनका लागि वीरगञ्ज प्रस्थान गरेको छ । यो चलचित्रमा निर्देशक तथा कलाकार दीपाश्री निरौला र बरिष्ठ कलाकार हरिवंश आचार्यको जोडी हुने बताईएको छ ।
हरिवंश आचार्यको कथा रहेको शत्रु गते’ दिपकराज गिरि र प्रदिप भट्टराईको पटकथा रहेको छ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कन्सकार, दिपकराज गिरि, दिपाश्री निरौला र शिवहरी पौडेल निर्माताको रहेका छन् ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, किरण केसि, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहने यस चलचित्रमा दिर्घ गुरुङको छायांकन रहने छ । राजनराज शिवाकोटीको संगीत रहने छ भने कविराज गहतराज कोरियोग्राफर हुन् ।