कलेज पढ्ने तीन साथीको कथामा ‘मेला’



काठमाण्डौ। कार्तिक २४ मा रिलीज हुने नेपाली चलचित्र ‘मेला’ले तीन जना कलेज पढ्ने साथीको कथालाई प्रस्तुत गरेको नायिका अशिष्मा नकर्मीले खुलाएकी छिन् ।

‘मेला’लाई लिएर उत्साहित रहेकी अशिष्मा यस चलचित्रमा सोलो हिरोइनको रुपमा देखिएकी छिन् । उनको साथमा नायकद्वय सलोन बस्नेत र आमेष भण्डारीलाई चलचित्रमा देख्न सकिन्छ । चलचित्रको बारेमा बोल्दै अशिष्माले भनिन्-‘चलचित्र भित्र तिन पात्रलाई देखाइएको छ । जसको जिन्दगी आ-आफ्नै तरिकाले परिवर्तित हुन्छ । कथावस्तु र प्रस्तुती राम्रो छ ।’

‘चलचित्रमा आमेष र सलोनको प्रेम मसँग हो कि भन्ने भान दर्शकलाई ट्रेलर हेर्दा लाग्न सक्छ । तर, कथावस्तु निकै रमाइलो र गम्भिर छ, यसका लागि दर्शकले चलचित्र नै हेर्नुपर्छ’ उनले भनिन् ‘केही चलचित्रमा जस्तै यसमा पनि मैले, आफ्नो काम देखाउने मौका पाएकी छु । सलोन अहिलेका हट केक कलाकार हुन् । आमेषसँग पनि मेरो जोडी जमेको छ । आशा छ, दर्शकले मन पराउनु हुनेछ ।’

हरि पन्तको प्रस्तुतीमा निर्माण भएको चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका छन् । चलचित्रको लोकलय र पार्टी गीत, ट्रेलरले अहिले राम्रो दर्शक बटुलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu