दुबईमा ‘शुभ यात्रा साँझ’ हुँदै, चर्चित पाँच कलाकारले प्रस्तुती दिने



काठमाण्डौ। यूएइको शहर दुबइमा साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । डिसेम्बर २२ मा हुने कार्यक्रममा नेपालका चर्चित ५ कलाकारले आफ्नो धमकेदार प्रस्तुती दिने भएका छन् ।

ग्रिष्मा इन्टरटेन्मेन्टको प्रस्तुतीमा हुन लागेको कार्यक्रम अनाथ बालबालिकाको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको बताईएको छ । ‘ग्रिष्मा इन्टरटेमेन्टले आयोजना गर्ने कार्यक्रममा जहिले पनि दर्शकले साथ दिनुभएको छ, यसपटक पनि दुबइका दर्शकले साथ दिनुहुन्छ भन्नेमा आशावादी छौँ’, ग्रिष्माका प्रमूख गृहेन्द्र घिमिरेले बताए ।

‘शुभ यात्रा साँझ’ नाम दिएर आयोजना गर्न लागिएको कार्यक्रममा गायक रामकृष्ण ढकाल, गायिका इन्दिरा जोशी, गायक हेमन्त राना, कमेडियन सन्दिप क्षेत्री र नायिका नम्रता सापकोटाले आफ्नो प्रस्तुती दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu