हेर्नुहोस् ‘रज्जा रानी’को टिजर (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘रज्जा रानी’को टिजर सार्वजनिक गरिएको छ । टिजर रिलीजसँगै चलचित्र रिलिज मिति पनि तय गरिएको छ ।

नजिर हुसेन र केकी अधिकारी अभिनित यो चलचित्र स्क्रिप्ट राईटर यम थापाको डेब्यु निर्देशनमा बनेको हो । सार्वजनिक ५० सेकेन्ड लामो टिजरमा सिनेमाका मुख्य कलाकार नाजिर हुसेनलाई प्रस्तुत गरिएको छ । आर्यन फिल्मस प्रोडक्सनको व्यानरमा निर्मित चलचित्र पश्चिम तराईको जनजाती प्रेमकथामा आधारित रहेको छ ।


चलचित्रमा नाजिर र केकीका अलावा कामेश्वर चौरसियाको पनि मुख्य भूमिका छ । पुष २८ गते रिलिज हुने चलचित्रलाई ‘रुद्रप्रिया’ निर्माता रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय रहेको ‘रज्जा रानी’मा ताराप्रकाश लिम्बु/दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधाको छायांकन र कविराज गहतराजको कोरियोग्राफी छ ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu