भिडियोमा मरिष्का र आकाशको रोमान्स



काठमाडौं। गीतकार तथा कवियित्री अम्बिका गुरुङद्वारा रचना गरिएको सुगम संगीतमा आधारित ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको छ । सोमबार साँझ आधा दर्जन नेपाली टेलिभिजन च्यानलमार्फत एक साथ प्रिमियर गरिएको उक्त गीतमा गायक सुमन केसीको स्वर छ । शंकर थापा यो गीतका संगीतकार हुन् । उदय राज पौडेलले यो गीतमा संगीत संयोजन गरेका छन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा चलचित्रका अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलको सुन्दर जोडीले अभिनय गरेको छ । निर्देशक अधिकारीले आकाश र मरिष्कालाई गीतको शब्दमा व्यक्त गरिएको भावनालाई झल्काउने शैलीमा अभिनय गराएका छन् ।

उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । द पिक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतकार अम्बिका गुरुङद्वारा स्थापित भावसागर इन्टरटेन्मेन्ट एलएलसीद्वारा निर्माण गरिएको यो भिडियो भावसागरकै आधिकारिक यूट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu