हलिउड अभिनेता पउल वाकरको कार दुर्घटनामा निधन



ठुलोपर्दा डटकम। चर्चित हलिउड सिनेमा ‘फास्ट एन्ड फ्युरियस’का अभिनेता पउल वाकरको उत्तरी लस एन्जलसमा भएको कार दुर्घटनामा निधन भएको छ। उनी ४० वर्षका थिए। उनका निकटवर्ती एम भान आडेनका अनुसार शनिबार दिउँसो उनी दुर्घटनामा परेका हुन्।
paul-walker-death
साथीको कारमा चढेर एउटा च्यारिटीमा सहभागी हुन गइरहेका बेला वाकर दुर्घटनामा परेको समाचार एजेन्सी एपीले उनको फेसबुक पेजलाई उद्धृत गर्दै लेखेको छ। वाकर निधनअघि ‘फास्ट एन्ड फ्युरियस’ सिनेमा सिरिजको अर्को भागमा काम गरिरहेका थिए। उनी यही महिना रिलिज हुन लागेको सिनेमा ‘आवर्स’मा पनि मुख्य अभिनेता थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu