काठमाण्डौ। आर्यन अधिकारी र प्रियांका कार्की स्टारर नेपाली चलचित्र ‘बटरफ्लाई’को छायांकन सकिएको छ । अन्त्यमा एक गीत खिच्दै सम्पूर्ण छायांकन सकिएको हो ।
खिचिएको ‘मायाका रङहरु’ बोलको गीतमा आर्यन र अभिनेत्री प्रियंकाले दृश्य दिएका छन् । उक्त गीतमा प्रियंकाले केही बोल्ड दृश्यहरु दिएकी छिन् । यो गीत छिट्टै रिलिज गरिने बताईएको छ ।
पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति छन् । सुरेश बज्राचार्यले खिचेको चलचित्रमा कोरियोग्राफी कविराज गहतराजको छ । आउँदो पौष २८ मा रिलिज हुने यो चलचित्रका निर्देशक ओमप्रतिक गुरुङ हुन् ।