काठमाण्डौ। हिट चलचित्र ‘नाइँ नभन्नु ल’की नायिका ऋचा सिंह ठकुरी अब चलचित्र निर्मात्री बनेकी छन् । ऋचा केही बर्षयता चलचित्र क्षेत्रबाट हराएकी थिइन् । अहिले फेरी उनी जुर्मुराएर निर्मात्रीका रुपमा चलचित्र क्षेत्रमा पुनः प्रवेश गर्दैछिन् ।
ऋचाको प्रस्तुतिमा उनकै निर्माण कम्पनी अबिर हाउस प्रोडक्सनबाट चलचित्र ‘सुपर गोर्खे’ तयार भएको छ । राज थापाको निर्देशन रहेको चलचित्र ‘सुपर गोर्खे’मा ऋचासिंह ठकुरी नै मुख्य नायिका छिन् भने निर्देशक तथा उनका श्रीमान राज नायक रहेका छन् ।
हालै उक्त चलचित्र ‘सुपर गोर्खे’को टिजर सार्वजनिक भएको छ । हास्यशैलीको टिजरमा सुपरम्यान, ब्याटम्यानपछि नेपाली सुपरहिरो सुपर गोर्खेलाई हेर्ने आग्रह गरिएको छ । चलचित्र ‘सुपर गोर्खे’का निर्माता इश्वरीसिंह ठकुरी, रामकृष्ण (ठुले), सुदिपजङ्ग थापा हुन् भने यसमा ताराप्रकाश लिम्बु र फिलिप जोनको संगीतमा सुदिन पोखरेल, रुपक डोटेल, ताराप्रकाश लिम्बु, रजिना रिमाल र मिलन अमात्यको गायन रहेको छ ।
कलाकारहरुमा ऋचासिंह ठकुरी, सुरजसिंह ठकुरी, भुपेन्द्र क्षेत्री, निराजन लुइँटेल, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई, कामना भुजेल र राज थापा रहेका छन् । किरण माइकलको लेखन रहेको चलचित्र ‘सुपर गोर्खे’लाई सौरभ लामाले खिचेका हुन् भने यसका सम्पादक बनिश शाह हुन् । चलचित्र ‘सुपर गोर्खे’मा चन्द्र पन्तको एक्शन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा सत्यम रानाको भिएफएक्स रहेको छ । एफडी कम्पनीले वितरण गर्ने चलचित्र ‘सुपर गोर्खे’ मंसिर २९ गते देशभरी एकैसाथ प्रदर्शन हुने भएको छ ।
टीजर: