काठमाण्डौ। नेपाली चलचित्र ‘सकस’को आइटम गीत रिलीज भएको छ । गीतमा प्रिया रिजालको नृत्य रहेको भने चलचित्रका मुख्य अभिनेता अभिनेता सुन्दर श्रेष्ठ, प्रज्ज्वल गिरी लगायत अन्य फिचरिङ छन् ।
केशव जोशी ‘आकाश’का शब्द तथा जुनु रिजालको स्वर रहेको यस गीतमा चेतन सापकोटाको संगीत छ । सुन्दर श्रेष्ठको निर्माणमा बनेको चलचित्रले काठमाडौँमा गुण्डाहरुको राज कसरि चल्छ, कसरि गुण्डा बन्छ ? भन्ने बिषयलाई जोडेको बताईएको छ । मौनता श्रेष्ठको लेखनमा बनेको यस चलचित्रमा सुन्दर श्रेष्ठ, प्रज्वल गिरि, सुष्मा कार्की, महिमा सिलवाल, विल्सन विक्रम राई, रविन्द्र खडका, श्याम राई लगायत अन्य कलाकारको मुख्य अभिनय छ ।
अक्कल सिंह खडका र दोभान फिल्मस् प्रा.लिको प्रस्तुती रहेकोचलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, हिमाल केसीको द्वन्द्व, चेतन सापकोटाको संगीत, कमल राई र समिर मियाको कोरियोग्राफी रहेको छ । एन.वि महर्जन निर्देशित चलचित्रका सह-निर्माता भने सुवाश चन्द्र भट्टराई र खगेन्द्र डाँगी हुन् । यो चलचित्र कार्तिक २४ मा सार्वजनिक प्रदर्शनमा आउनेछ ।
भिडियो: