अमेरिकाबाट फर्किए निर्देशक पुरी, नयाँ टेलिभिजन कार्यक्रम ल्याउँदै



काठमाण्डौ। केही समयदेखि अमेरिका बसोबास गर्दै आएका नेपाली चलचित्रका लोकप्रिय निर्देशक नारायण पुरी नेपाल फर्किएका छन् । नेपाली कलाकारहरु विदेश पलायन हुनेक्रम बढिरहेका बेला पुरी भने नेपाल फर्किएका हुन् । निर्देशक पुरी नेपाल फर्किए लगतै पुनः नेपाली कला क्षेत्रमा सक्रिय भएका छन् । यसअघि हिमालय टेलिभिजनमा प्रमुख कार्यकारी र कार्यक्रम निर्माता रहेका पुरीले नेपालमै केही गर्ने सोचका साथ नेपाल फर्किएको प्रतिक्रिया दिए । उनले अन्य नेपाली कलाकारहरुलाई पनि विदेश पलायन नभइ स्वदेशमै केही गर्न सुझाव पनि दिएका छन् ।

आधा दर्जन भन्दा बढी सफल नेपाली चलचित्र निर्देशन गरीसकेका पुरी नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक पृथक टेलिभिजन शो ‘सुत्रधार’ मार्फत पुनः टेलिभिजनको पर्दामा देखिने भएका छन् । हिमालय टेलिभिजन मार्फत प्राशारण हुने उक्त कार्यक्रम पुरीले नै संचालन गर्ने छन् । यसअघि पुरीले हिमालय टीभीमै संचालन गरेको कार्यक्रम ‘जीवन साथी’ निकै सफल र चर्चित मानिन्छ । पुरीले आगो, लगायत थुप्रै सफल नेपाली कथानक चलचित्र निर्देशन गरेका छन ।

कात्तिक २९ गते बुधवार साँझ ७ बजे प्रशारणको तयारीमा रहेको कार्यक्रम सुत्रधारको निर्देशन सुदिप खनालले गरेका छन् । कार्यक्रमको लेखन राजेश ढकाल र निर्माताको भुमिका निर्जल बस्नेतले निर्बाह गरेका छन् । निर्माण संयोजक न्यान्सि अग्रवालको छ । कार्यक्रम मार्फत नेपाली समाजमा हुने गरेका सबै प्रकारका यथार्थपरक घटनालाई बाहिर ल्याइने निर्देशक खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu