राजेशपायललाई इन्टरनेशनल पपस्टारको उपाधी, अमेरिकामा ‘राई इज किङ डे’ मनाउने घोषणा



अमेरिकाको रोचेस्टर सिटीमा नेपाली गायनका मेगास्टार राजेशपायल राईलाई इन्टरनेशनल पपस्टारको उपाधि प्रदान गरिएको छ ।

साङ्गीतिक कार्यक्रमको सिलसिलामा त्यहाँ रहेका राईलाई रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डेपुटी डाइरेक्टर मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा सम्मान गर्दै प्रत्येक वर्ष ५ नोभेम्बरलाई ‘राई इज किङ डे’ फेस्टिवलको रुपमा मनाउने घोषणा पनि गरेका छन् ।

नेपाली कलाकारले अन्तर्राष्ट्रिय स्टेजमा पाएको यो नै सबेभन्दा ठूलो सम्मान हो । सम्मान ग्रहण गर्दै गायक रोचेस्टर सिटीप्रति आभार व्यक्त गरेका छन् । उक्त कार्यक्रममा जाँदा राईलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म सुरक्षा दिएको थियो ।

‘राई इज किङ’का रुपमा चर्चित राजेशपायलले करिब तीन दशकयता नेपाली गायन क्षेत्रमा एक छत्र राज गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu