नाजिर र शिल्पाको जोडी बनाउने कागजपत्र घोषणा (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘कागजपत्र’को घोषणा गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नाजिर हुसेन र शिल्पा मास्के स्टारर चलचित्रको घोषणा गरिएको हो ।

नाजीर र शिल्पा सहित भोलाराज सापकोटा, सरिता गिरी, निरज सिंह विष्ट, लक्ष्मी वर्देवा, आर्जेस रेग्मी लगायतका कलाकारहरुको अभिनय यो चलचित्रमा रहनेछ । पर्दामा नाजीर र शिल्पाको जोडी बाँधिनेछ । कमेडी र सोसल ड्रामा जनरामा राखिएको ‘कागजपत्र’को छायांकन बिहीवारबाट सुरु हुने बताईएको छ ।

कार्यक्रममा बोल्दै हुसेनले ‘कागजपत्र’मा यसअघि अभिनय गरेका चलचित्रभन्दा फरक भूमिका पाएको बताए । उनले भने, ‘फिल्मको कथावस्तु साह्रै नै राम्रो छ । म आफूले पाएको भूमिकालाई न्यायपूर्वक निर्वाहा गर्ने प्रयास गर्नेछु’ ।

शिल्पा मास्केले ‘कागजपत्र’ आफ्नो डेब्यू फिल्म भएका कारण सबैको साथ र सहयोगको अपेक्षा राखेको बताइन् । कार्यक्रममा बरिष्ठ कलाकार सुनिल थापाले फिल्मको फस्टलुक पोष्टरको घुम्टो उघारेका थिए ।

वल्डवाइड फिल्मस् र औस फिल्मस् को प्रस्तुतीमा बन्ने यो चलचित्रका लेखक निर्देशक अपिल बिष्ट हुन् । कार्यकारी निर्माता बिशारद बस्नेत हुन् भने खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकाटी निर्माता हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu