‘लक्स कामना फिल्म अवार्डस् २०७४’को मनोनयन सूचि सार्वजनिक



काठमाण्डौ। सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेकेा सुखद अवसरमा मनोरञ्जन क्षेत्रको कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्डसको तेस्रो सस्करण आगामी पुषमा हुने भएको छ ।

तेस्रो संस्करणको लक्स कामना फिल्म अवार्डस् २०७४ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने अवार्ड आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताए । ‘कामनाको जन्म नै कलाकार, कलाकर्मी र फिल्म क्षेत्रको विकास र विस्तारका लागि भएको हो। नेपाली कलाकार र फिल्म क्षेत्रले पनि मान सम्मान र प्रतिष्ठा हासिल गर्नुपर्छ भन्ने उद्येश्यमा हामी सफल हुँदै आएका छौँ। यही उद्येश्यबाट प्रेरित भएर अवार्डको शुरुवात गरेका हौँ। २०७१ सालबाट शुरु भएको अवार्ड कार्यक्रमलाई निरन्तरता दिनेछौँ’ उनले भने ।

अवार्ड आयोजक समितिका अर्का निर्देशक तथा सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवार्डस् एक दिन नेपाली फिल्म क्षेत्रको मानक अवार्ड हुने विश्वास व्यक्त गरेका छन् । ‘उत्कृष्टता, पारदर्शिता र निष्पक्षताका कारण कामना फिल्म अवार्डस् नेपाली फिल्म क्षेत्रको मानक अवार्ड हुने विश्वास मैले लिएको छु। अवार्डको अघिल्ला दुई संस्करणबाट पाएको प्रतिक्रियाले पनि यसो हुनेमा म विश्वस्त छु। पहिलो र दोस्रो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७१ मा मिलेका प्रतिक्रियाबाट तेस्रो संस्करणको अवार्ड आयोजना गर्ने क्रममा हामी अत्यन्त उत्साहित भएका छौँ’ उनले भन्नुभयो।

अवार्ड आयोजक समितिका संयोजक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रवन्ध सम्पादक एवं प्रमूख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले दुई संस्करणका अवार्डको अनुभवबाट तेस्रो संस्करणको अवार्डलाई अझ भव्य र सभ्य बनाइने बताए। ‘पहिलो र दोस्रो अवार्ड समारोहको अनुभवले तेस्रो संस्करणको अवार्डलाई थप भव्य र शानदार बनाउन सघाएको छ। त्यसको प्रत्यक्ष महसुस अवार्ड समारोहमा हुनेछ’ उनले भन्नुभयो। समितिका सदस्य तथा ख्यातिप्राप्त अभिनेता एवं रंगकर्मी हरिहर शर्माले लक्स कामना फिल्म अवार्डस् २०७३ मा फिल्म र फिल्मकर्मीका साथमा दर्शक मतको समेत सम्मान हुने बताए भने समितिका सदस्य तथा कामनाका सम्पादक विदुर गिरीले अवार्ड सिनेकर्मीका लागि दशैं सावित हुने विश्वास व्यक्त गरेका छन्।

३२ विधामा प्रदान गरिने लक्स कामना फिल्म अवार्डस् २०७४ मा चलचित्र छक्का पञ्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ। दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट चलचित्र, नव निर्देशक, कथा, पटकथा, संवाद, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पार्श्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ। यो चलचित्रबाट पार्श्व गायकमा दुई गायक मनोयनमा परेका छन्। त्यसै गरी छक्का पञ्जालाई पछ्याउँदै प्रदीप भट्टराईको डेब्यु निर्देशनमा बनेको जात्रा र गाजलु १४/१४ विधाको मनोयनमा परेको छ। जात्रा उत्कृष्ट चलचित्रका साथमा नव निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता, खलपात्र, हास्य कलाकार, बाल कलाकार, पटकथा, संवाद, सम्पादन, श्रृंगार, ध्वनि मिश्रण र पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ।

हेमराज बिसीद्वारा निर्देशित चलचित्र गाजलु उत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता, सहअभिनेता, सहअभिनेत्री, हास्य कलाकार, नव अभिनेत्री, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, श्रृंगार र ध्वनि मिश्रण विधाको मनोनयमा परेको छ। निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र लुट २ एघार विधाको मनोयनमा परेको छ। यो चलचित्र उत्कृष्ट निर्देशक, हास्य कलाकार, बाल कलाकार, संगीतकार, गायिका, नृत्य निर्देशक, पार्श्व संगीत, द्वन्द्व निर्देशक, छायांकार, सम्पादक र श्रृंगार विधाको मनोनयमा परेको छ। आकाश अधिकारीद्धारा निर्देशित के म तिम्रो होइन १० विधाको मनोनयमा परेको छ। यो फिल्म उत्कृष्ट चलचित्रसहित निर्देशक, सहअभिनेता, नव अभिनेता, नव अभिनेत्री, पाश्र्व गायक, पार्श्व संगीत, द्वन्द्व निर्देशक, श्रृंगार र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ। त्यसै गरी बाटोमूनिको फुल २ र डाइङ क्याण्डल (निभ्न लागेको दियो) ९/९ विधाको मनोयनमा परेका छन्।

सुवर्ण थापाद्वारा निर्देशित बाटोमूनिको फुल उत्कृष्ट निर्देशक, सह अभिनेता, सहअभिनेत्री, कथा, पटकथा, संवाद, गीतकार, गायिका, पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ। नव निर्देशक नरेशकुमार केसीद्धारा निर्देशित डाइङ क्याण्डल उत्कृष्ट चलचित्र, अभिनेत्री, नव निर्देशक, बाल कलाकार, कथा, पटकथा, छायांकन, सम्पादन र श्रृंगार विधाको मनोनयमा परेको छ। नव निर्देशक सन्तोष शिवाकोटीद्धारा निर्देशित चलचित्र शब्द नव निर्देशक, अभिनेता, नव अभिनेत्री, बाल कलाकार, संवाद, गीतकार, गायक र छायांकार गरी ८ विधा तथा मिलन चाम्सद।वारा निर्देशित विर विक्रम उत्कृष्ट अभिनेता, नव अभिनेत्री, खलपात्र, संगीतकार र पार्श्व गायक गरी ५ विधाको मनोनयमा परेको छ।

ऋषि लामिछानेद्धारा निर्देशित चलचित्र किस्मत २ पनि गीतकार, गायिका, द्वन्द्व निर्देशक, नव अभिनेता र नृत्य निर्देशक गरी ५ विधाको मनोनयनमा परेको छ। चलचित्र निर्भय र चपली हाइट २ चार चार विधाको मनोनयनमा परेका छन्। निर्भय उत्कृष्ट अभिनेता, अभिनेत्री, बाल कलाकार र संगीतकार तथा चपली हाइट २ निर्देशक, नव अभिनेता, छायांकन र ध्वनि मिश्रण विधाको मनोयनमा परेको छ। चलचित्र पलास उत्कृष्ट खलपात्र, गीतकार र गायक तथा चलचित्र राधा संगीतकार, गायिका र नृत्य निर्देशक गरी ३/३ विधाको मनोनयमा परेका छन् भने चलचित्र होमवर्क सहअभिनेत्री र कथा, चलचित्र जय परशुराम नव निर्देशक र द्धन्द्ध निर्देशक, चलचित्र किङ नृत्य निर्देशक र द्धन्द्ध निर्देशक, चलचित्र सफर गीतकार र नव अभिनेता गरी २/२ विधाको मनोनयमा परेका छन्। चलचित्र बाजिगर खलपात्र, चलचित्र गााठो नवअभिनेत्री, चलचित्र लभ सासा अभिनेत्री र चलचित्र हाउ फन्नी गायिका विधाको मनोनयमा परेका छन्।

दीपकराज गिरी यस वर्ष छक्का पञ्जाबाट खलपात्र विधाको मनोयनमा परेका छन् भने सोही फिल्मबाट उनी कथा पटकथामा पनि मनोनयमा परेका छन्। संवादमा उनीसहित केदार घिमिरे र जितु नेपाल मनोनयनमा परेका छन् भने यो एउटै फिल्मबाट केदार घिमिरे र बुद्धी तामाङ हास्य कलाकारको मनोनयमा छन्। ताराप्रकाश लिम्बु चलचित्र विर विक्रमबाट संगीतकार र गायकको मनोनयनमा परेका छन् भने एलिस कार्की लुट २ र के म तिम्रो होइन र गरी २ फिल्मबाट पाश्र्व संगीत विधाको मनोनयमा परेका छन्। पुरुषोत्तम प्रधान छक्का पञ्जा र लुट २ बाट छायांकार, कविराज गहतराज छक्का पञ्जा, किस्मत र राधा गरी ३ चलचित्रबाट नृत्य निर्देशक, एसकुमार एउटै फिल्म बाटोमूनिको फुलबाट कथा, पटकथा, संवाद गरी ३ विधा, हेमराज विसी गाजलुबाट कथा , पटकथा र निर्देशन गरी ३ विधा, प्रदीप भट्टराई पटकथा, संवाद र नव निर्देशक गरी ३ विधा, संवाद र नव निर्देशक गरी ३ विधा, अर्जुन पोखरेल गीतकार र संगीतकार गरी २ विधा, नरेशकुमार केसी कथा, सुरेन्द्र पौडेल गाजलु र लुट २ बाट सम्पादक, सरोज बुढाथोकी डाइङ क्याण्डल र गाजलुबाट श्रृंगार तथा उत्तम न्यौपाने गाजलु र चपली हाइट २ बाट ध्वनि मिश्रण विधाको मनोनयमा परेका छन्।

उत्कृष्ट ५ को मनोनयन गर्ने ब्यबस्था भए पनि पार्श्व गायक र छायांकन विधामा निर्णायक मण्डलीबाट बराबर अंक पाएका कारण उत्कृट ६ जनाको सूचि आएको छ।

सम्मान चलचित्रको: उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एकजनलाई जनही १ लाख रुपियाा नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ।

लक्सको सहभागीतासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाईस अवार्ड पनि थपिएको छ। लक्स पपुलर च्वाईस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्ड समारोहमा यस वर्ष पनि ३२ विधामा अवार्ड प्रदान गरिनेछ। केवल एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। बर्षा, केकी र प्रियंका उत्कृष्ट अभिनेत्री तथा सृष्टी नवअभिनेत्रीको मनोनयनमा समेत छन्। बर्षा चलचित्र छक्का पञ्जाबाट सअअभिनेत्री विधाको मनोनयमा पनि छिन्। यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन्।

अन्य ९ लोकप्रिय विधामा पनि एसएमएस भोटिङको व्यबस्था गरिएको छ। ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ। दर्शकहरुले लोकपि्रय १० विधामा एसएमएस भोटिङ गर्न सक्ने ब्यबस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu