काठमाण्डौ। नेपालको सबै भन्दा होचा कलाकार दिपेन शाहको निधन भएको छ । धादिंग जन्मेर राजधानी बस्दै आएका शाहको १९ वर्षको उमेरमा निधन भएको हो ।

केहि वर्ष देखी बोनम्यारो रोगबाट पिडित दिपेनको विहिबार बिहान करिब ९ बजे ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो ।
ph
उनले हाँस्य टेलीसृंखला ‘झ्याईकुटी झाई’मा ‘दिपेन सर’ भूमिका निर्वाह गरेर चर्चामा आएका थिए । दिपेनले केहि चलचित्रमा समेत अभिनय गरेका छन् । दिपेनको उचाई जम्मा ३१ इन्च मात्र थियो ।






