स्कटल्याण्डमा देखियो प्रदीप र जसिताको जोडी



‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट स्टार बनेका प्रदीप खडका अहिले आफ्नो नयाँ फिल्म ‘लिलिबिली’को छायांकनमा व्यस्त छन् । बेलायत र स्कटल्यान्डमा छायांकन भइरहेको यो फिल्मका लागि प्रदीपले २२ लाख पारिश्रमिक लिएको चर्चा छ ।

फिल्मको घोषणा सभामा जसिता गुरुङ र रेविका गुरुङसँग प्रदीपको जोडी बाँधिने बताइएको थियो तर रेविकाको भिषा बेलायती दूतावासले अस्वीकृत गरेपछि उनको ठाउँमा प्रियंका कार्कीलाई अनुवन्धित गरिएको छ ।

प्रदीप र जसिता भने अहिले आफ्नो भागको सिन स्कटल्यान्डमा दिइरहेका छन् । फिल्मको सुटिङ सेटबाट प्रदीप र जसिताका केही तश्वीर बाहिर आएका छन्, जसमा यो जोडीको प्रेमभाव देख्न सकिन्छ । तश्वीरमा ‘लिलिबिली’ जोडीलाई निकै क्यूट देखिएको छ । निर्माता गोविन्द शाहीले फिल्मलाई चैत अन्तिममा प्रदर्शन गर्ने जानकारी दिए ।

मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको फिल्ममा प्रियंकाले प्रदीपकी आमाको भूमिका निर्वाहा गर्ने चर्चा सिनेवृतमा छ । तर, निर्माता शाही यो कुरा गलत रहेको बताउँछन् । उनका अनुसार फिल्मको ३० प्रतिशत छायांकन सम्पन्न भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu