हाँस्दा हाँस्दै खेल्दा खेल्दै मायालुको नजिक एसराज (भिडियो)



काठमाण्डौ। सुगम संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक स्वरुप राज आचार्यको स्वरमा रहेको हाँस्दा हाँस्दै बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । सुरेश केसी को शब्द तथा संगीतमा रहेको गीत रोमान्टिक शैलीको बनेको छ ।

हाँस्दा हाँस्दै खेल्दा खेल्दै मायालुको नजिक भएको कुरा गीतमा व्यक्त गरिएको छ । सुरेश केसी सुगम संगीतमा अघि बढ्दै गरेको नाम हो । उनको शब्द संगीतमा अलिक समय पहिले सार्बजनिक भएको मेलिना राइको आवाजमा रहेको मेरो रंगमा ले राम्रो प्रतिक्रिया पाउन सफल भएको थियो ।

यस राज र अन्जुको अभिनय रहेको भिडियो लाई अहिलेका ब्यस्त निर्देशक तथा छायाँकार रबिन्द्र बरालले छायांकन र निर्देशन गरेका हुन् । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो लाई मिलन थापाले कोरियोग्राफी गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu