फागुन ११ ‘रोमियो एण्ड मुना’ आउने



काठमाण्डौ। नेपाली चलचित्र ‘रोमियो एण्ड मुना’ अब फागुन ११ गते रिलीज हुने भएको छ । निर्माता प्रसन्न गोपालीका अनुसार सम्पूर्ण छायांकन सकिएको छ ।

नरेश कुमार के.सी. निर्देशित यस चलचित्रमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रको छायांकन धरान र राजधानीमा गरिएको छ । चलचित्रमा कथा, संवाद र लेखन समेत निर्देशक के.सी.को नै रहेको छ ।

निर्देशक केसीका अनुसार शहरिया युवा र ग्रामिण युवतीबिचको कथा नै रोमियो एण्ड मुना हो । ‘दुई अपरिचित बीच मित्रताले उनीहरु आँफैले आँफैलाई पनि कसरी बुझ्दै जान्छन् भन्ने कथा चलचित्रमा छ’, केसीले बताए ।

दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेको चलचित्रमा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दवाङकरको संगीत रहेको छ । प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठ निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu