‘बिराङ्गना’को गीत खिच्न तीन सय जना कोरस



निर्देशक राज बहादुर सानेद्वारा निर्देशित चलचित्र ‘बिराङ्गना’को सम्पूर्ण छायांकन सकिएको छ । दिपक शर्माको संगीत रहेको ‘तिमी पुलिस म नि पुलिस’ बोलको गीत खिच्दै चलचित्रको इन्डक्ल्याप भएको निर्देशक सानेले जानकारी दिए । यो गीतका लागि नृत्य निर्देशक कविराज गहतराजले दुई सय भन्दा बढि शसस्त्र प्रहरी र सयभन्दा बढि डान्सरसहित तीन सयबढि कोरस प्रयोग गरेका छन् ।

चलचित्रमा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेलको रोमान्स रहेको छ । अनुप र शिल्पाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन् । हालै खिचिएको गीतमा नायक अनुप र नायिका शिल्पाले प्रहरीको पोशाकमा नाचेको देख्न सकिन्छ । गीतको छायांकन शसस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयम्भुमा गरिएको हो ।

‘बिराङ्गना’मा अनुप र शिल्पाको अलवा धिरेन शाक्य, पृथ्वीराज प्रसाई ,प्रज्वल गिरि, प्रीया रिजाल, कृष्ण सिवाकोटी, देब तामङ, अमृत सापकोटा, अंशु थापालगायतको प्रमुख भुमिका रहेको छ । बाबुराम दास श्रेष्ठ, श्याम बहादुर थापा र रघु परियार चलचित्रका निर्माता हुन् । सह-निर्मातामा देब तामाङ र सुमि चाम्लिङ राई रहेका छन् ।

चलचित्रमा श्री श्रेष्ठको द्धुन्द र सञ्जय लामाको छायांकन रहेको छ । चलचित्रमा पुरुषोत्तम न्यौपाने को पनि संगीत रहेको छ । हाल चलचित्रलाई पुराना सम्पादक तारा थापा (किम्भे)ले सम्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu