सौगातको ‘पञ्चेबाजा’ फष्टलुक सार्वजनिक



फागुन ११ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘पञ्चेबाजा’को दुई फष्टलुक पोष्टर सार्वजनिक भएको छ । एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको चलचित्रको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । चलचित्रको फष्टलुक पोष्टरमा प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ ।

न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा राजेश शाहीको लगानी छ । फिल्ममा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको अभिनय छ ।

निर्देशक लामिछानेले गाउँका तीन युवाको कथा वरीपरी चलचित्र घुम्ने बताए । ‘चलचित्रको नाम अनुसार चलचित्र पनि मौलिक बनाएका छौं । त्यसकारण यो दर्शकको रोजाईमा अवश्य पर्नेछ ।’ उनले भने । घनश्यामले यसअघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरिसकेका छन् । निर्माता शाहीले यसअघि नै ‘कवच’, ‘मेरो मनको साथी’, ‘बीच बाटो’ निर्माण गरिसकेका छन् । निर्माता शाहीले आफूले राम्रो चलचित्र बनाउन कुनै पनि कसुर बाँकी नराखेको बताए ।

सारा गुरुङ सहनिर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, मिक्सिङ उत्तम न्यौपाने, कुमार आचार्यको मिडिया संयोजन र हरि घले लामाको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu