नेपाली चलचित्र ‘बटरफ्लाई’ (कलर अफ लाइफ)को ट्रेलर सार्वजनिक गरिएको छ । नायक आर्यन अधिकारी र प्रियंका कार्की स्टारर चलचित्रको ट्रेलरमा आर्यनको दुई फरक रुप देखाइएको छ ।
आउँदो पौष २८ मा रिलिज हुने यो चलचित्रका निर्देशक ओमप्रतिक गुरुङ हुन् । चलचित्रमा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । चलचित्रका छायाँकार सुरेश बज्रचार्य हुन् ।
भिडियो :