‘कागजपत्र’का कलाकारको फस्ट लुक सार्वजनिक



छायांकनरत चलचित्र ‘कागजपत्र’मा अभिनय गर्ने कलाकारहरुको फस्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतको अभिनय रहेको छ ।

चलचित्र युनिटले छायांकन स्थलबाटै कलाकारको लुक्स सार्बजनिक गरेको हो । चलचित्रको हाल दाङको तुलसीपुरमा छायांकन भइरहेको छ ।

सामजिक प्रेमकथामा बनिरहेको चलचित्रलाई अपिल विष्टले निर्देशन गरिरहेका छन् । चलचित्रको कथा पनि अपिल विष्ट आफैले लेखेका हुन् । चलचित्रलाई अस्ट्रेलियन सिनेम्याट्रोग्राफर क्यश्मिर डिक्सनले खिच्दैछन् ।

वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा.लिको प्रस्तुति रहने ‘कागजपत्र’लाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, सुदिप उप्रेती र मनिष खत्रीले संयुक्त रुपमा निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्माताको रुपमा विशारद बस्नेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu