काठमाण्डौ। पुष २८ गते रिलिज हुने नेपाली चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको चलचित्र ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । शुरुमा ‘झोले’को सिक्वेल बनाउन लागेको भएपनि पछि कथा अर्कै बनेपछि नाम मात्र राखिएको निर्माता टेकेन खड्काले बताए ।

‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित यो चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।
ट्रेलर हेर्नुहोस्:





