आज केकीको जन्मदिन



आज पौष २ गते अभिनेत्री केकी अधिकारीको जन्मदिन हो । काठमाण्डौको जोरपाटीमा जन्मिएकी केकी पिता बद्री अधिकारी (चलचित्र निर्देशक) र माता लक्ष्मी अधिकारीकी पहिलो सन्तान हुन् ।

थुप्रै चर्चित म्युजिक भिडियोहरुमा अभिनयपश्चात् ‘स्वर’ चलचित्र मार्फत नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी केकी हाल आफू निर्मित पहिलो फिल्म ‘कोहलपुर एक्सप्रेस’को सुटिङमा व्यस्त छिन् । उनले एक दर्जनभन्दा बढि फिल्ममा अभिनय गरेर सफलताको बाटो कोरिसकेकी छिन् ।

आइतवार पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राज्जा रानी’ टीमसँग बर्थ डे केट काट्दै केकीले यो दिनमा सबैजना आफूलाई बच्चा महशुस गर्ने बताइन् । उनले भनिन्, ‘जन्मदिन सबैका लागि विशेष हुन्छ । यो दिनमा सबैजना आफूलाई बच्चा जस्तै स्वतन्त्र महशुस गर्छन् ।’

एमबीएसम्मको अध्ययन गरेकी केकीले ‘फन्को’, ‘भाग् सानी भाग्’, ‘लभ सासा’, ‘घामपानी’, ‘आई एम सरी’, ‘श्री ५ अम्बरे’, ‘मसान’ जस्ता चलचित्रमा काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu