नवनियुक्त बोर्ड अध्यक्षलाई चलचित्र संघको स्वागत



चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकबाट नियुक्त भएकी चलचित्रकर्मी निकिता पौडेललाई नेपाल चलचित्र संघले स्वागत गरेको छ । सोमवार संघको सभा कक्षमा एक कार्यक्रमका बीच निकितालाई चलचित्र संघका पदाधिकारीहरुले स्वागत तथा बधाई ज्ञापन गरेका हुन् ।

कार्यक्रममा संघका अध्यक्ष प्रदीप कुमार उदयले खादा तथा टिका लगाएर अध्यक्ष पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । नवनियुक्त अध्यक्ष निकिताले आफू सदैव चलचित्र क्षेत्रको विकासमा निरन्तर लागी पर्ने र आफ्नो दुई वर्षे कार्यकालमा गर्ने सम्पूर्ण कार्य योजना छिट्टै सार्वजनिक गर्ने बताइन् ।

यस्तै, चलचित्र संघका अध्यक्ष उदयले नेपाली चलचित्र क्षेत्रको विकासमा लामो समयदेखि आबद्ध परिवारको पहिलो महिला सदस्य पौडेल जस्तो सक्षम व्यक्ति चलचित्र विकास बोर्डले पाएकोमा गर्वको महसूश गरेको बताए । उनले भने, ‘उहाँको विषयमा नकारात्मक टिप्पणी गर्नु भन्दा सम्पूर्ण चलचित्रकर्मी एक भएर उहाँले गर्ने चलचित्र क्षेत्रका हरेक विकास निर्माणको काममा सघाउन अनुरोध गर्दछु ।’

निकितालाई केहीदिन अगाडि चलचित्र कलाकार संघका पदाधिकारीहरुले समेत स्वागत र बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu