यस्ता कमै व्यक्ति हुन्छन्, जो आफ्नो सबैभन्दा ठूलो कमजोरीलाई आफ्नो तागत बनाउँछन् । यस्तै कथामा निर्माण भएको फिल्म लिएर आउँदैछिन् बलिउड अभिनेत्री रानी मुखर्जी । मंगलवार उनी अभिनीत फिल्म ‘हिचकी’को ट्रेलर रिलीज भएको छ ।
यो फिल्मबाट रानी मुखर्जी ठूलो पर्दामा कमब्याक गर्दैछिन् । रानी पछिल्लो पटक फिल्म ‘मर्दानी’ मा देखिएकी थिइन् । ‘हिचकी’लाई सिद्धार्थ पी मल्होत्राले निर्देशन गरेका हुन् । मनीष शर्मा र आदित्य चोपडा फिल्मका निर्माता हुन् ।
यशराज ब्यानर बनेको यो फिल्म २२ फेव्रअरीमा रिलिज हुँदैछ । ‘हिचकी’मा रानीले एक टिचरको भूमिका निर्वाहा गरेकी छिन् ।
भिडियो :