हेटौंडामा ‘ह्याप्पी न्यू ईयर’को कन्सर्ट



नेपाली चलचित्र ‘ह्याप्पी न्यु ईयर’ टीमले मोफसलका मुख्य शहरमा स्ट्रिट कन्सर्ट सुरु गरेको छ । पुष १४ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको पहिलो कन्सर्ट हेटौंडाको खासा बजारमा गरिएको छ । उक्त कन्सर्टमा उल्लेख्य दर्शकको उपस्थिती रहेको थियो ।

चलचित्रका नायक तथा निर्माता कुशल थापाले नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे । कार्यक्रमको मुख्य आकर्षण बने गायक विनोद ढकाल । कन्सर्टमा उनले युथ ओरिएन्टेड डान्सिङ गीत गाएका थिए । ‘ह्याप्पी न्यू इयर’ को शीर्ष गीतमा समेत उनको शब्द तथा संगीत रहेको छ ।

‘हेलो डियर, ह्याप्पी न्यू इयर’ भन्ने स्लोगनसहित दर्शकसँग सांगीतिक साक्षात्कार निर्माण टीमले गरेको हो । पौष ५ गते नारायणगढ, ६ गते बुटवल, ८ गते पोखरा हुँदै १० गते काठमाडौंका विभिन्न ठाउँमा कन्सर्ट हुनेछ ।

अस्ट्रेलियामा सम्पूर्ण छायांकन गरिएको यो चलचित्रमा नयाँ वर्षको माहोलमा घटेको एक घटनालाई कथावस्तु रहेको छ । आरके एम प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा राती थापाको लगानी छ भने, एप्पल इन्टरटेनमेन्टका मनोज अधिकारी लाइन प्रोड्युसरका रुपमा रहेका छन् ।

लभस्टोरी जनराको यो चलचित्रमा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । चलचित्रमा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu