
नेपाली चलचित्रका सदावहार नायक शिव श्रेष्ठ अभिनीत नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘हिजो माया घामको छायाँ’ बोलको गीतमा डा. नबी अधिकारी (टकिन्द्र)को शब्द, शक्तिबल्लभको संगीत र गायिका अन्जु पन्तको स्वर सुन्न सकिन्छ ।
वरिष्ठ नृत्य निर्देशक राजु शाहद्वारा निर्देशित यो गीतको भिडियोमा शिवको अपोजिटमा जर्मनी निवासी नायिका तथा समाजसेवी कमला दाहाल देखिएकी छिन् । दिव्यराज सुवेदीको छायांकन रहेको भिडियोलाई अक्की शर्माले सम्पादन गरेका हुन् ।
भिडियो :-






