गीत जस्तै होला ‘बटरफ्लाई’ हिट ? (भिडियो)



नेपाली चलचित्रको व्यापार उत्कृष्ट हुनुको पछाडि गीतसंगीतको पनि महत्वपूर्ण भूमिका छ । गीतसंगीतले नै कैयौ चलचित्रले निर्माताको लगानी बचाइदिएका छन् । यस्तै, पुष २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’मा समावेश ‘म गाउँदिन अब गीत’ बोलको गीत पनि अहिले युट्युबमा राम्रै हिट भइरहेको छ ।

हुनत, युट्युबमा लाखौं वा करोडौं ‘भ्यूज’ गएका गीतसंगीत र ट्रेलरका कारण चलचित्र पनि हिट हुन्छ भन्ने छैन । तर, केहीको हकमा भने यो कुरा लागू भएको छ । ‘बटरफ्लाई’लाई पनि यो गीतले यतिबेला प्रचारमा राम्रै सघाएको छ । १ महिना अगाडि युट्युबमा सार्वजनिक गरिएको यो गीतलाई अहिलेसम्ममा युट्युबमा ११ लाख बढी पटक हेरिएको छ ।

अब प्रश्न यो उठेको छ कि गीत हिट हुँदै गर्दा फिल्म पनि हिट होला त ? यो त पुष २८ पछि नै थाहा हुनेछ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । शब्द र संगीत अर्जुन पोखरेलको छ । सुरेश बज्रचार्य चलचित्रका छायाँकार हुन् ।

पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् । चलचित्रमा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu