नरजंगले फकाए ज्योत्सनालाई (भिडियो)



काठमाण्डौ। गायक नरजंग गुरुङ्गको स्वरमा रहेको नेपाली लोकपप गीत ‘बारुला’को भिडियो सार्वजनिक भएको छ । एक युवकले युवतीलाई आफ्नो माया जालमा पार्न अपनाउने तरिकाहरु गीतमा पाईन्छ ।

शमशेर गहतराजको शब्द तथा संगीत रहेको गीतको भिडियोमा नायिका ज्योत्सना योगीसँग गायक आँफै देखिएका छन् । भिडियोलाई जीवन थापाले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा छायांकन धिरजजंग शाहको रहेको छ ।

२०६३ सालदेखी संगीत क्षेत्रमा रहेका नरजंग गुरुंग चलचित्रका नायक समेत हुन् । उनले गुरुंग चलचित्रमा पनि गीत गाएका छन् । उनले हालसम्म चलचित्र र एल्बम गरी २५० बढि गीत गाएका छन् । १० बर्षदेखी पोखरामा रहेर संगीत क्षेत्रमा रहेका गुरुंगले यसअघि ‘फ्युचर’ नामक म्यूजिक एल्बम बजारमा ल्याएका थिए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu