‘न्यू ईयर’मा ‘कृ’को ‘यति यति पानी गंगै रानी’



अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘कृ’को ट्रेलर २ साता अगाडि रिलिज भयो । यो फिल्मको ट्रेलरलाई दर्शकले मन पराएका छन् । लामो समय नेपालको नम्बर १ ट्रेन्डिङमा बसेको फिल्मको ट्रेलरमा कमेन्ट पनि ७ हजार भन्दा बढी आएका छन् । साढे १५ लाख भन्दा बढीले यो ट्रेलर हेरिसकेका छन् ।

फिल्मको ट्रेलरमा अभिनेता केसीको द्धन्द्धात्मक शैली, उनको गेटअपका साथै अभिनेत्री अदिती वुढाथोकी र खलपात्र अनुप विक्रम शाहीको गेटअपलाई पनि रुचाइयो । अदितीले पनि यो फिल्मबाट संभावना देखाएकी छिन् ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्मको ट्रेलर हिट भएपछि अब क्लब गीत सार्वजनिक गर्ने तयारी यसको निर्माण टोलीले गरेको छ । फिल्ममा समावेश ‘यति यति पानी गंगै रानी’ बोल रहेको गीत डिसेम्बर ३१ तारिखमा रिलिज गरिनेछ । अंग्रेजी नयाँ बर्षको शुभकामना स्वरुप गीत सार्वजनिक गर्न लागिएको निर्माण टोलीले बताएको छ ।

यो गीतमा अनमोल केसी क्लबमा नाचेका छन् । रेनशा वान्तवा राइले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । दर्शकले अनमोलको यस्तो नृत्य शैली यसअगाडिका फिल्ममा नदेखेको रेनशाको दाबी छ ।

यो गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत छ ।

सुवास गिरी र भूवन केसीले मिलेर बनाएको फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् । श्री पराजुली फिल्मका सह–निर्माता हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । माघ २६ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu