चलचित्र ‘हुर्रे’को पहिलो गीत ‘ठेकीमा दही’ लाई युट्युबमा १० लाख भन्दा बढी पटक हेरिएको छ । गत डिसेम्बर १ मा युट्युब मार्फत सार्वजनिक भएको यो गीतलाई कमेडी शैलीको डान्सिङ नम्बर भएकै कारण दर्शकले मनपराएको निर्माण पक्षको भनाई छ ।
गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीले आफूभन्दा तीन दशक बढि उमेरका राजाराम पौडेलसँग कम्मर मर्काएकी छिन् । गीतमा केकी र राजारामसँगै अर्का लिड अभिनेता अंकित खड्कालाई फिचर गरिएको छ ।
सार्वजनिक गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । राजन इशानको एरेञ्ज छ । विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको ‘हुर्रे’लाई चन्दन दत्तले सम्पादन गरेका छन् ।
अनुपबिक्रम शाही, संगीता नापित लगायत फिल्ममा लिड अभिनेतामा छन् । यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको चलचित्रलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ ।
भिडियो :-