‘झमक बहादुर’को ‘आमैले भन्थे’ गीत रिलिज (भिडियो)



चलचित्र ‘झमक बहादुर’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘आमैले भन्थे धाराको पानी’ बोलको गीत सार्वजनिक गरियो । यो गीत ‘साइनो’ चलचित्रमा समावेश गीतको रिमिक्स भर्सन हो ।

कुसुम गजमेरको शब्द र रन्जित गजमेरको संगीत रहेको गीतलाई ‘झमक बहादुर’मा भने ओम सुनारले रिमिक्स गरेका हुन् । रिमिक्समा ओमसँगै कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर सुन्न सकिन्छ ।

मिनकुमार तामाङको निर्माण र भोमन कटुवाल निर्देशित चलचित्रमा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक कटुवालका अनुसार, झपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमेडीलाई चलचित्र ‘झमक बहादुर’मा देखाइएको छ ।

यूवि फिल्मस् ग्यालरी र दियालो इन्टरटेन्मेन्टको प्रस्तुती रहेको चलचित्रमा राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्पादन, राजन, सूर्य र सलिनाको कोरियोग्राफी रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् ।

यो चलचित्र जेष्ठ ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।

भिडियो :-

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu