‘फिर्के’को प्रचार हात्ती महोत्सवमा



चलचित्र ‘फिर्के’ यूनिटले बिहीवार १४ औं चितवन हात्ती महोत्सवमा चलचित्रको प्रचार गरेको छ । यही पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार-प्रसारका लागि मोफसल टुरमा रहेका कलाकार तथा निर्माता सुलेमान शंकर ‘ईकु’ र निर्देशक रवि डंगोल ‘बेमान’ले चितवन हात्ती महोत्सवमा हजारौं दर्शकलाई ‘फिर्के’को विषयमा जानकारी दिए ।

महोत्सवमा निर्देशक डंगोल र कलाकार ईकुले आफ्नो कमेडी समेत प्रस्तुत गरेका थिए । यस्तै, शुक्रवार विहान चितवनमा चलचित्र यूनिटले पत्रकारसँग पनि भेटघाट गरेको छ ।

निर्देशक रवि डंगोलले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘फिर्के’ एउटा कमेडी प्रधान चलचित्र हो । गाउँको एउटा केटा शहरपछि सुरु हुने संघर्षलाई पर्दामा उतारेका छौ ।‘ उनले पर्दा पछाडि बसेर आफूले इमान्दारपूर्वक काम गरेको बताए ।

यस्तै, चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘ईकु’बाट पाएको परिचय ‘फिर्के’ले बदल्ने बताए । उनी भन्छन्, ‘फिर्के’, ‘ईकु’ र ‘ईकु २’ भन्दा विल्कुलै फरक छ । मेरो भूमिकामा यसमा फरक देख्न पाउनु हुनेछ ।’

‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu