बैशाख २८ मा सृष्टिको ‘लाउरे’ आउने



चलचित्र ‘लाउरे’को प्रदर्शन मिति तय भएको छ । आगामी बैशाख २८ गते (११ मे)मा चलचित्र देशव्यापी रिलिज हुने निर्माण कम्पनी दुर्गिश फिल्मसले जनाएको छ । चलचित्रमा सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगरको लिड रोल छ ।

पप गायकको रुपमा ख्याति बटुलेका लिम्बु यही रोमान्टिक ड्रामामार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन् । ‘सायद’ र ‘होस्टल’ सिरिज निर्माता कम्पनी दुर्गिश फिल्मसले ‘लाउरे’को व्यवसायिक र कलात्मक पाटोको सफलतामा विश्वास व्यक्त गरेको छ ।

विक्रमसिंह थारु निर्देशित ‘लाउरे’लाई सुनिल रावल, इश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठले निर्माण गरेका हुन् । ‘सृष्टि, नरेन र मिरुनाको योङस्टर क्रेज हाम्रा लागि प्रभावकारी बन्न सक्छ’, निर्माता रावलले भने ।

आलोक शुक्लाको छायांकन रहेको चलचित्रको पटकथा नेगेटिभ बुद्धले लेखेको हो । ‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटर्न्स’ र ‘सायद २’ पछि ‘लाउरे’ दुर्गिश फिल्मसको पाँचौं प्रोजेक्ट हो ।

‘लाउरे’सँगै बैशाख २८ गते चलचित्र ‘हिरो रिटर्न्स’ र ‘लम्फू’ पनि प्रदर्शनमा आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu