आइतबार दिउँसो २ बजे रिलिज गरिएको चलचित्र ‘कृ’को ‘यति यति पानी गंगा रानी’ बोलको गीतलाई युट्युबमा र सामाजिक संजालमा सकारात्मक प्रतिक्रिया मिलेको छ । यस अगाडिका चलचित्रमा नायक अनमोल केसीको डान्सको सर्वाधिक आलोचना हुँदै आएको थियो । तर, ‘यति यति पानी गंगा रानी’ गीत सार्वजनिक भएपछि भने अनमोलको डान्सको निकै प्रशंसा भएको छ ।
यो गीतलाई युटुबमा ४८ घन्टा नवित्दै १० लाख भन्दा बढीले हेरेका छन् । नेपालमा युट्युब ट्रेन्ड्रिङ तेश्रो नम्बरमा रहेको गीतले हालसम्म करिब १२ लाख भ्यूज पाएको छ ।
अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको एक्सन छ ।
युटुबमा यसलाई ३० हजार भन्दा बढी लाइक्स मिलेको छ । नेपाली चलचित्रका कमै मात्र गीतले छोटो समयमा यो सफलता पाउने गरेका छन् ।
सुवास गिरी र भूवन केसीले मिलेर निर्माण गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह–निर्माता छन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । माघ २६ गतेबाट यो चलचित्र रिलिज हुँदैैछ ।
भिडियो :-