यसरी भएको थियो ‘फिर्के’को जन्म



यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र हो ‘फिर्के’ । स्टारकास्ट कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई कमेडी प्रधान भनिएको छ । गाउँबाट शहर पसेको एक यूवकको कथा चलचित्रले बोल्छ । ‘ईकु’ र ‘ईकु ब्याक अगेन’मा लगानी र अभिनय गरेका सुलेमान शंकर ‘ईकु’ चलचित्र  ‘फिर्के’का लिड कलाकार हुन् । चलचित्रको कथा उनकै वरिपरि घुमेको छ ।

सुलेमान शंकरले चलचित्रको नाम ‘फिर्के’ जुर्नु पछाडिको रोचक कथा बताए । उनले भने, ‘हामीले कथा तयार पारिसकेका थियौं । तर, नाम के राख्ने भनेर हामीले धेरै सोच्यौं र धेरै नाम पनि आए तर कथाअनुसार हामीले खोजेको नाम पाउन सकेका थिएनौ । यस्तैमा म भिनाजुको घरमा जाने क्रममा बुद्धि सागरको ‘फिरफिरे’ भन्ने पुस्तक देखेँ । त्यसपछि ‘फिरफिर’ राख्ने कुरा आयो तर त्यो पनि उचित लागेन । यस्तैमा ‘फिर्के’ नाम मेरो दिमागमा जन्मियो ।’

उनी अगाडि भन्छन्, ‘फिर्के’को अर्थ धेरैवटा लाग्छ । जसरी गाउँघरबाट घुमाई-घुमाई शहरमा लैजानु अर्थात्, एउटा निचोडमा लैजानु हो ।’

सुलेमान अभिनीत तथा निर्मित चलचित्र ‘फिर्के’लाई रवि डंगोलले निर्देशन गरेका हुन् । यो चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu