वर्ष २०७२ को हिट नेपाली चलचित्र ‘प्रेमगीत’ अनलाइन भिडियो शेयरिङ्ग प्लाटफर्म ‘यूट्यूब’मा एक करोड बढि पटक हेरिएको छ । लभस्टोरी यो चलचित्रमा नायिका पूजा शर्मा र नायक प्रदीप खड्काको मुख्य भूमिका छ । यो चलचित्र बक्स अफिसमा असफल भएपनि दर्शकले भने निकै रुचाएका थिए ।
यो चलचित्र पूजा र प्रदीप दुवैका लागि टर्निङ प्वाइन्ट थियो । यही चलचित्रबाट अहिले यी दुई ‘मास लेभल’का स्टार बनिसकेका छन् । सुदर्शन थापा निर्देशीत यो चलचित्रका निर्माता सन्तोष सेन हुन् । सन्तोषले प्रदीपलाई लिएर ‘प्रेमगीत २’ समेत निर्माण गरिसकेका छन्, जसले बक्स अफिसमा राम्रै पैसा छापेको थियो ।
‘प्रेमगीत’लाई युट्युबमा ४४ हजार लाइक्स मिलेको छ भने ६ हजार बढीले कमेन्ट गरेका छन् । कमेन्टमा अधिकांशले प्रदीप र पूजाको जोडीको नै तारिफ गरेका छन् । यो चलचित्रका ‘म यस्तो गीत गाउँछु’, ‘मैले सोचेको जस्तै’, ‘म त अलपत्रै’ गीतलाई दर्शकले अत्याधिक रुचाएका थिए ।
पूरा चलचित्र हेर्नुहोस् :-