फिर्के रिलीज पछि के भन्छन् ‘ईकु’ र ‘बेमान’ ?



काठमाण्डौ। रवि डंगोल निर्देशित नेपाली चलचित्र ‘फिर्के’ यो शुक्रवार रिलीज भयो । रिलीजसँगै चलचित्रको यूनिट हल हलमा चलचित्रको प्रतिक्रिया लिन दौडधुपमा देखिएका छन् ।

यहि शिलशिलामा रहेका चलचित्रका कलाकार तथा निर्माता सुलेमान शंकर ‘ईकु’ र निर्देशक रवि डंगोल ‘बेमान’ले दर्शकको प्रतिक्रियाले उत्साहित रहेको बताएका छन् । ‘चलचित्र हेर्न दर्शकको भिड बाक्लो नभएता पनि जतिले हेर्नुभएको छ उहाँहरुले अत्यन्तै राम्रो प्रतिक्रिया दिनुभएको छ’, निर्देशक डंगोलले भने ‘आशा छ मौखिक प्रचारले पनि चलचित्रले दर्शक तान्नेछ’ ।

कलाकार तथा निर्माता सुलेमानले आफुले ईकुको ह्यांगबाट बाहिर निस्केर फरक भूमिकामा अभिनय गर्दा समेत दर्शकले मन पराएको बताए । ‘मैले यसपटक फरक भूमिका निभाएँ जसलाई दर्शकले राम्रो ठान्नुभएको छ, साथै ‘फिर्के’लाई उत्साहपूर्ण प्रतिक्रिया दिनुभएको छ’, उनले भने । शुक्रवार र शनिवार ठेलमठेल दर्शक हलमा नदेखिएपनि शुक्रवार भन्दा शनिवार दर्शकको संख्या बढेको उनले बताए । सुलेमानले पनि मौखिक प्रचारले चलचित्र हेर्न दर्शकको संख्या बढ्ने बिश्वास व्यक्त गरे ।

यो चलचित्रमा सुलेमानको साथमा अर्पण थापा, क्रिष्टिना पौडेल, अर्जुन गुरुङ्, ऋचा शर्मा लगायतको अभिनय रहेको छ । यो चलचित्रका अन्य निर्माताहरु ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu