म नेपाल आउँदैछु : सलमान खान (भिडियो)



बलिउड सुपरस्टार सलमान खान आफैंले आफू नेपाल आउन लागेको औपचारिक जानकारी दिएका छन् । हालैमा आफू अभिनीत बल्कबस्टर चलचित्र ‘टाइगर जिन्दा हे’को सफलताको खुसी साट्ने क्रममा ‘बलिउड भास्कर’सँग कुराकानी गर्दै सलमानले आफू नेपाल आउन लागेको उद्घोष गरेका छन् ।

फागुन २६ गते शनिवार टुँडिखेलमा हुने ‘दबंग द टुर नेपाल’का लागि उनी नेपाल आउन लागेका हुन् । ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो ।

हालसालै यो टुरमा बलिउड अभिनेत्री कैटरीना कैफ पनि जोडिएकी छिन् । उनी नेपाल आउने वा नआउने भन्ने विषयमा भने अझै टंगो लागेको छैन । ‘टाइगर जिन्दा हे’को सफलतापछि कैटरीना ‘दबंग द टुर’मा भित्रिएकी हुन् ।

सलमानसँगै ‘दबंग द टुर नेपाल’मा बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुनेछन् । कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu